काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले देशको पछिल्लो राजनीतिक अवस्थाप्रति लक्षित गर्दै राजनीतिमा जो जे पनि खान किन उद्यत ? भन्दै प्रश्न गरेका छन् ।
सर्वोच्च अदालतको फैसलाले माओवादी केन्द्र र एमाले ब्युँताइदिएपछि नेपाली राजनीतिमा देखिएको खिचातानी प्रति लक्षित गर्दै सामाजिक सञजाल टुइटरको माध्यमबाट उनले यस्तो प्रश्न गरेका हुन् । भट्टराईले ‘ओली हटाउँ देश बचाउँ’ भन्ने ह्याज ट्यागसमेत प्रयोग गरेका छन् ।
अदालतको फागुन २३ को फैसलाले केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । अहिलेको अवस्थामा ओली सरकारको विघटन वा नयाँ सरकार निर्माण प्रकृयामा जसपा निर्णायक हुने भएको छ ।
जसपाका विभिन्न नेताहरु केपी ओली, प्रचण्ड लगाएतका नेताहरुसँग निरन्तर छलफलमा रहिरहेका बेला सोही पार्टीका संघीय परिषद अध्यक्षको यस्तो प्रतिक्रिया आएको हो ।
अखाद्य बस्तु नखानु प्राणीजगतको शाश्वत स्वभाव हो।तर नेपाली राजनीतिमा जो जेपनि खान किन उद्यत?यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्।सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनट सत्तामा बसिरहने कुनै तुक छैन।उल्टै उनी अरूको शिकारमा विषाक्त घाॅस हाल्दैछन्!किन नबुझेको?#ओलीहटाऊॅदेशबचाऊॅ
— Baburam Bhattarai (@brb1954) March 10, 2021