काठमाडौं। इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ। गएराति सम्पन्न खेलमा सिटीले साउथह्ममटनमाथि ५-२ गोल अन्तरको
शानदार जीत निकालेको हो।
सिटीको जितमा केभिन डी ब्रुने र रियाद महरेजले २-२ र इके गुनडोगनले एक गोल गरे। त्यस्तै साउथहम्पटनका लागि जेम्स वार्ड प्रोज र चे एडम्सले एक एक गोल गरेका थिए ।
जितपछि म्यानचेस्टर सिटीको २९ खेलमा ६८ अंक भएको छ साउथह्ममटनको २८ खेलमा ३३ अंक छ भने लिगमा १४औ स्थानमा झरेको छ।