काठमाडौं। पारस खड्काको शतकको मद्दतमा मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा वागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई २६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टियु क्रिकेट मैदानमा जारी खेलमा वागमती प्रदेशका लागि पारस खड्काले १ सय ३३ बलमा ११ चौका र २ छक्का सहित ११९ र नन्दन यादवले ४१ रनको योगदान गरे।
टस जितेर पहिला ब्याटिङ गरेको बागमती ४९.४ ओभरमा २ सय ६६ रनमा अल आउट भयो ।