मंगलवार , जेठ १४, २०८२
Shares
Shares
विराटनगर । मंगलबारदेखि कोशी प्रदेश सभामा विनियोजन विद्येयक २०८२, सिद्धान्त र प्राथमिकतामा छलफल सुरु भएको छ ।
आईतबार नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि आईतबार आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले कोशी प्रदेश सभा बैठकमा विनियोजन विद्येयक, २०८२ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।
कोसी प्रदेशको सातौँ अधिवेशनको मङ्गलवारको आठौँ प्रदेश सभाको बैठकमा छलफलमा शुन्य समय र विशेष समयमा गरी १३ जना प्रदेश सभा सदस्यले भाग लिएका थिए ।
कोशी प्रदेशसभा सदस्य तीलचन पाठक (चिन्तन )ले प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक व्यवहारिक र जनउत्तरदायी भएको बताएका छन् । पाठकले नीति कार्यक्रम उत्कृष्ट रहेको बताए ।
नीति तथा कार्यक्रम जीवनस्तर सुधार, आर्थिक वृद्धि, दीगो विकास, मानवअधिकार, संघीयता कार्यान्वयन, रोजगार, समावेशिता, यातायात र सहकारी व्यवस्थापन लगायतका क्षेत्रमा केन्द्रीत रहेको उनले बताए । पाठकले भने, “संघीयतामाथि निरन्तर प्रश्न उठाइरहेको, आलोचना र खारेजीको माग समेत भइरहेका बेला प्रदेश सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्ने उद्घोष गर्नु जनताका लागि उत्साहजनक छ ।”
पाठकले गणतन्त्रवादीहरूको शिर उच्च बनाएको भन्दै जनताको बलिदानबाट प्राप्त शासन व्यवस्थाको स्मरण र सम्मान गर्नुपर्नेमा जोड दिए । “गणतन्त्र दिवसको सन्दर्भमा म स्मरण गराउन चाहन्छु कि गणतन्त्रको विकल्प फेरि गणतन्त्र नै हो,” पाठकले भने । उनले नीति तथा कार्यक्रम राम्रो भए पनि यसको प्रभावकारी कार्यान्वयनतर्फ गम्भीर ध्यान दिन सरकारलाई आग्रह गरे ।

कोशी प्रदेश सभा सदस्य गणेश उप्रेतीले सामुदायिक विद्यालयमा स्कुल बस प्रदेश सरकारले व्यवस्था गरिदिनु पर्ने बताएका छन् । उनले विद्यालयमा प्रदेशकै बालबालिका अध्ययन गरिरहेका कारण उनीहरुलाई विद्यालय जान आउन सहज हुने भएको हुँदा प्रदेश सरकारले त्यसको व्यवस्था गर्नु पर्ने बताए ।
सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढाउन सौन्दर्यकरण गर्न समेत आवश्यक रहेको र त्यसका लागि बजेट बिनियोजन गर्न माग गरे । उप्रेतीले प्रदेश सरकारले प्रदेश भित्रका अधुरा अपुरा योजनाहरुलाई सम्पन्न गर्ने गरी बजेट ल्याउनु पर्ने उनले धारणा राखे ।
आगामी वर्षको बजेटमा विदेशबाट फर्किएकाहरुलाई यही उद्यम गर्नका लागि सहयोग गर्ने गरी कार्यक्रम ल्याउन उनले माग गरेका छन् । सांसद उप्रेतीले रिटर्नीलाई अड्याउने खालका कार्यक्रम ल्याउन माग गर्दै सबै सांसदहरुको अपनत्व हुने गरीको बजेट ल्याउन समेत आग्रह गरे ।
छलफलमा भाग लिएका सांसद गोम्बु शेर्पा, सपना दर्जी, कमला दनुवार, रमेश कुमार बस्नेत डोल्मा तामाङ, प्रदिप कुमार सुनुवार र किशोरचन्द्र दुलालले नितिगत व्यबस्था मात्र हैन कार्यान्वयनको कुरालाई ध्यान दिनुपर्ने बताए । उनीले हिमाल, पहाड र तराईको भौगोलिक क्षेत्र भएको कोशी प्रदेशमा प्राथमिकताको आधारमा बजेट ल्याउन माग गरेका छन् । पहाड धेरै संकटमा पर्ने भएकाले पहाडलाई विशेष ध्यान दिन पनि उनीहरुको आग्रह छ ।
प्रदेश सभाको शून्य समयमा बोल्दै उदयपुरका सांसद गीतादेवी रेग्मीले उदयपुर, सिन्धुली र मकवानपुरका नागरिकको जीवन स्तर सुधार गर्नको लागि बनेको मदन भण्डारी राजमार्ग अहिले जनताको लागि अभिशापको रूपमा अघि बढ्दै गएको हो कि भन्ने त्रास सिर्जना भएको बताइन् ।
उनले यो राजमार्ग अन्तरगतको उदयपुर जिल्लामा मात्रै वैशाख महिनामा १७८ वटा सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएकोले यो असाध्यै ठूलो विषय भएको प्रदेश सभालाई जानकारी गराइन् ।
उदयपुर, सिन्धुली र मकवानपुरवासीको भाग्य र भविश्यसग जोडिएको भित्री मधेशको यो राजमार्गको दुर्घटना न्यूनीकरणका लागि सरकारले योजना बनाउनु पर्ने बताइन् ।
राजमार्गमा अत्यधिक दुर्घटना भएको, दैनिक एउटा दुर्घटना भएको, उदयपुरको अँधेरी क्षेत्रमा धेरै दुर्घटना भएको जानकारी दिइन्। घुम्ती र मोडहरूको इन्जिनियरिङलाई मिलाउन आवश्यक भएको समेत माग गरिन् ।
अर्का सांसद हिमाल कार्कीले माननीयहरूले पैसा नमागेको तर विकास निर्माण मार्फत जनतासँग जोडिएर माग गरिएको योजनाका विषयहरू सांसदले माग गरेको योजनामा यथेष्ट बजेट विनियोजन गर्न आग्रह गरे । माननीयले पैसा भागेको भाष्य स्थापित भएकोमा आपत्ति जनाउँदै कार्कीले माननीयलाई कमजोर बनाएर प्रदेश बलियो नहुने तर्क गरे ।
सांसद गोविन्द गिरीले इलाम क्षेत्र नम्बर २ ९१० मा पर्ने इलामको राक्सेङ–काँक्रेभञ्ज्याङ–जीतपुर–बेलासे–सोक्तिम सडक दुवै तिरबाट कटान भएर आवत जावतमा समस्या भएको बताए। ६ किलोमिटर बाटो बन्द भएको बताउँदै पटक पटक जानकारी गराएको भए पनि त्यसको बारेमा सरकार गम्भीर नभएको, पटक पटक बजेट माग गर्दा पनि काम हुन नसकेको जानकारी दिए ।
चालु वर्षमा ५ लाख विनियोजन भएको बजेट कहिले पुग्छ थाहा छैन, देउमाई र इलाम नगरपालिकाको पहलमा भत्किएको सडक पुर्ने कामे भए पनि प्रदेश सरकारले विनियोजन गरेको ५ लाख कार्यान्वयन नभएको भन्दै सरकारको आलोचना गरे । नेपाल टार–मङ्गलवारे सडक पनि अस्तव्यस्त भएकोले त्यस सडकलाई बजेट सुनिश्चित गर्न माग गरे ।
Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस