logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • साढे दुई किलो युरेनियमसहित चार जना पक्राउ

    साढे दुई किलो युरेनियमसहित चार जना पक्राउ

    4.8K
    Shares

    काठमाडौं । आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ मानिने साढे दुई किलो युरेनियमसहित चार जना पक्राउ परेका छन् ।

    काठमाडौँ महानगरपालिका टुसाल–६ बौद्धबाट दुई किलो ५०० ग्राम युरेनियमसहित चारजना पक्राउ परेको हो । बिहीबार पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । 

    निषेधित पदार्थ यूरेनियमसहित रामेछाप लिखु तामाकोशी–५ का नारायणसिंह तामाङ र जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका–४ का प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोशी–४ का मनोज न्यौपानेलाई सार्वजनिक गरी आजै महानगरीय प्रहरी परिसरको हिरासतमा पठाइएको छ ।

    अभियुक्तहरूउपर थप अनुसन्धान एवं कारबाही उक्त परिसरले गर्ने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend