काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ । फुलह्यामलाई ३-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो ।
सिटीको जितमा जोन स्टोन्स, गाब्रियल जिसस र सर्जियो अग्युरोले एक एक गोल गरे । फुलहमको मैदानमा जोनले ४८ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा जिससको गोलबाट सिटीले २-० को अग्रता बनायो । त्यसपछि खेलको ६० औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई ३-० को जित दिलाए ।
जितसँगै सिटीले ७१ अङ्क जोड्न सफल भएको छ । दोस्रो स्थानमा रहेको युनाईटेडको ५४ अंक रहेको छ । फुलहम २६ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।