दैलेख । सात दिनअघि आमासँगै कर्णाली नदीमा हेलिएकी आठबीस नगरपालिका ३ निमायलकी ७ वर्षीय रजनी बडुवालको शव अझै भेटिएका छैन । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।
रजनीसँगै नदीमा हामफालेकी आमा सुकी, सरिता, कल्पना र ललितको भने कर्णाली नदीको तीरमा संयुक्त दाहसंस्कार गरिएको छ ।
गोताखोरको टोलीसमेत आएर खोजतलास गर्दा शब नभेटिएको वडा अध्यक्ष प्रयागबहादुर शाहीले जानकारी दिए । सुकी आफ्ना चार सन्तानसहित सात दिनअघि कर्णाली नदीमा हामफालेकी थिइन् ।
चार छोराछोरीसहित कर्णाली नदीमा अस्ताएका बडुवाल परिवारबारे गाउँघरका स्थानीयवासी बोल्न डराउँछन् । सुकी आत्महत्या गर्नुको मुख्य कारण मदिरा र घरेलु हिंसा भएको स्थानीयको बुझाई छ ।