logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बेनी लम्भीहिल भकुण्डे सडकको स्तरोन्नति शुरु

    बेनी लम्भीहिल भकुण्डे सडकको स्तरोन्नति शुरु

    3.7K
    Shares

    गलेश्वर । म्याग्दीको सदरमुकाम बेनीबाट बेनी नगरपालिका–२ भकुण्डे जोड्ने बेनी–लभ्लीहिल–भकुण्डे सडकको स्तरोन्नतिको काम शुरु गरिएको छ । नगरपालिकाको रु ५५ लाख बजेटमा भण्डारी निर्माण सेवाले साढे सात किलोमिटर सडकखण्डको हाडेभिर–लभ्लीहिल खण्डमा स्तरोन्नतिको काम शुरु गरिएको हो ।

    पछिल्लो समय निकै चर्चामा आएको  प्रसिद्ध पर्यटकीयस्थल लभ्लीहिलसम्म यस वर्ष स्तरोन्नतिको काम गरिने र आगामी वर्ष लभ्लीहिलदेखि वडा नं २ भकुण्डेचौरस्थित वडा कार्यालयसम्म विस्तार गरिने वडाध्यक्ष हिराबहादुर थापाले बताए ।

    अध्यक्ष थापाका अनुसार यस वर्ष हाडेभिर–लभ्लीहिल खण्डमा १८७ थान ग्याविन जाली, ४२० मिटर पक्की नाली, एक ठाउँमा क्रस र तीन हजार २०० मिटर कच्ची नाली निर्माणका लागि भण्डारी निर्माण सेवाका निर्माण व्यवसायी नीरज भण्डारीलाई जिम्मा दिइएको छ । विसं २०६७ मा ट्रयाक खुलेको साढे सात किमी दूरीको बेनी—लभ्लीहिल भकुण्डे सडकको मर्मतका लागि अहिलेसम्म लाखौं खर्च गरिएको भए पनि सडकको स्तरोन्नति हुन सकेको थिएन ।

    पटक–पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरूपमा डोजरमात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा सो मोटरबाटोमा यातायातका साधन सञ्चालन हुन नसकेका स्थानीय बासिन्दाको भनाइ छ । यसपटक भने नाली निर्माण र ग्याविन पर्खालसहित स्तरोन्नतिको काम थालिएकाले स्थानीयवासी आशावादी बनेका छन् । सो सडकको स्तरोन्नति भएपछि पर्यटकीयस्थल लभ्लीहिलमा जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend