logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • पश्चिमी वायुको प्रभाव : चट्याङसहित वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभाव : चट्याङसहित वर्षाको सम्भावना

    2.4K
    Shares

    काठमाडौं।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको जनाएको छ । 

    हाल देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। 

    आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहनेछ तथा बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक/दुइ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ। 

    देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा भने मौसम सामान्यतया सफा रहनेछ भने गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक/दुइ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend