काठमाडौं। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघिबाट बैठक सुरु भएको हो।
बैठकले माओवादीबाट सरकारमा गएका र फिर्ता नभएका मन्त्रीहरुलाई कारबाहीको तयारी गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
शनिबार बसेको केन्द्रको स्थायी कमिटी बैठकले एमालेमा गएका रामबहादुर थापा बादलसहितका नेतालाई सरकारबाट फिर्ता हुन र २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।
तर, माओवादीले फिर्ताका लागि निर्देशन दिएका मन्त्री र केही सांसदहरुलाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाइसकेका छन् ।