काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले कोशी लोकमार्गमा बाढीले गरेको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
भट्टराईले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत गएरातिको वर्षासँगै आएको बढीले क्षति गरेको कोशी लोकमार्ग लगायत विभिन्न सडकमा तत्काल वैकल्पिक मार्ग निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।
भट्टराईले भनेका छन्, ‘गत रातिको अविरल वर्षासँगै आएको बाढीले कोशी लोकमार्ग, तमोर, कोरिडोर लगायत विभिन्न स्थानमा सडकमा क्षतिका कारण यातायातमा समस्या भएको छ । तत्काल वैकल्पिक मार्ग निर्माण गरी यातायात सुचारु गर्न र क्षति भएका सडकको पुनः निर्माण गर्न सरकारको ध्यानाकर्षण गर्दछु ।’

प्रतिक्रिया दिनुहोस