म्यानमारको मुख्य शहर यंगूनमा भएको हिंस्रक झडपमा कम्तीमा २१ प्रदर्शनकारीको मृत्यु भएको छ । यसअघि म्यानमारका नेताहरुको एउटा समूहले अधिकारीविरुद्ध क्रान्तिको कुरा गरेका थिए । दि म्यान्मार टाइम्स न्यजका अनुुसार आइतबार देशभरी कम्तीमा ३८ जनाको ज्यान गएको बताइएको छ ।
उक्त समूहले आइतबार यंगूनमा मारिएका २१ प्रदर्शनकारीबाहेक अन्य शहरमा पनि मानिसहरु मारिएको अनुमान लगाएको छ । सुरक्षा बललले यंगूनको हलिंग थारयार इलाकामा प्रदर्शन गरिरहेका मानिसहरुमाथि गोली चलाए । यस्तै प्रदर्शनकारीले पनि लठ्ठी र चक्कू प्रयोग गरे ।
चिनियाँ व्यवसायीमाथि हमलापछि सैन्य अधिकारीले क्षेत्रमा ‘मार्सल ल’ को घोषणा गरेका छन् । प्रदर्शन गरिरहेका मानिसहरु अनुसार चीनले सेनालाई समर्थन गरिरहेको छ । फेब्रुअरी १ मा भएको सैन्य कूलगत्तै म्यानमारमा विरोध प्रदर्शन भइरहेका छन् ।
फेब्रुअरी १ मा नै म्यानमारको सेनाले देशकी सर्वोच्च नेता आङ सान सूकीसमेत थुप्रै नेतालाई पक्राउ गरेपछि सत्ता आफ्नो हातमा लिएको थियो ।एनएलडीले अघिल्लो वर्ष भएको चुनावमा ठूलो जीत हासिल गरेको थियो तर सेनाले चुनावमा धोका भएको दाबी गरेको छ ।