logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बलात्कारको झुठो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद सजाय

    बलात्कारको झुठो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद सजाय

    2.4K
    Shares

    कर्णाली । सुर्खेत जिल्ला अदालतले बलात्कारको झुठो आरोप लगाउने एक महिलालाई उल्टै कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएर बयान बदल्ने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई सोमबार तीन वर्ष छ महिना कैद सजाय सुनाएको हो । 

    अदालतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाका अनुसार झुठो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई उल्टै इजलासले कैद सजाय तोकेको हो ।

    वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको आरोप लगाउँदै ती महिलाले गत असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । 

    पुर्पक्षका लागि थुनामा रहेका शर्मालाई अदालतले निर्दोष ठहर गरेको छ । अदालतले सजाय तोकिएकी महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend