काठमाडौं। इंग्लिस प्रिमियर लिगमा लिभरपुलले जित निकालेको छ।
पोर्चुगिज फरवार्ड डिएगो जोटाको निर्णायक गोलमा लिभरपुलले वल्भ्सलाई १–० ले पराजित गरेको हो।
गएराति भएको खेलमा जोटाको गोल नै निर्णायक गोल हुन पुग्यो।
जितसँगै लिभरपुल २९ खेलबाट ४६ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ भने वल्भ्स ३५ अंक जोडेर १३औं स्थानमा छ।