प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनकी प्रभावशाली बहिनी तथा मुख्य सल्लाहाकार किम यो जोङले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धम्की दिएकी छन् । बाइडेन प्रशासनका उच्च अधिकारीहरुले जापान र दक्षिण कोरियाको भ्रमण गर्न सुरु गरेपछि उनले यस्तो गतिविधिले अमेरिकाको निद हराम हुन सक्ने भन्दै धम्की दिएकी हुन् ।
अमेरिका र दक्षिण कोरीयाले गत साता संयुक्त सैन्य अभ्यास गरेका थिए । यसको लगत्तै जोङले अमेरिकाले उत्तर कोरियाली भुमीमा बारुदको गन्ध छर्न चाहेको दाबी गरेकी छन् । बाइडेनप्रति लक्षित गर्दै उनले भनेकी छन्, ‘यदि तिमी आगामी चार वर्षका लागि मीठो निन्द्रा लिन चाहान्छौ भने शुरुमै आफ्नो निद हराम गर्ने काम नगर्नु नै उपयुक्त हुन्छ ।’ एन्डीटीभीमा खबर छ ।