logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भारतविरुद्ध इंग्ल्याण्डको सहज जित

    भारतविरुद्ध इंग्ल्याण्डको सहज जित

    2.5K
    Shares

    काडमाडौं। भारतविरुद्धको तेस्रो टी-२० मा इंग्ल्याण्डले सहज जित निकालेको छ।  खेलमा इंग्ल्याण्ड ८ विकेटले विजयी भएको हो।

    नरेन्द्र मोदी स्टेडियम, अहमदावादमा सम्पन्न खेलमा भारतले दिएको १५७ रनको लक्ष्य इंग्ल्यान्डले १८.२ ओभरमा पुरा गरेको हो।

    जोस बटलरको उत्कृष्ट प्रदर्शनमा सहज जित हात पार्दै इंग्ल्याण्डले पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । इंग्ल्यान्डको जितमा जोस बट्लरले सर्वाधिक ८३ रन बनाए । उनले ५२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गर्दै अविजित ८३ रन बनाए ।

    टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले अविजित रहदै सर्वाधिक ७७ रन बनाए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend