logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • नेटफ्लिक्सको मेगा प्रोजेक्ट ‘बाहुबली विफोर दि विगिनिङ’को छायांकन रद्द

    नेटफ्लिक्सको मेगा प्रोजेक्ट ‘बाहुबली विफोर दि विगिनिङ’को छायांकन रद्द

    1.8K
    Shares

    नेटफ्लिक्सको मेगा प्रोजेक्ट ‘बाहुबली विफोर दि विगिनिङ’को छायांकन पूर्ण रूपमा रद्द गरिसकेको छ । नेटफ्लिक्सले यस छायांकन रद्द गर्नको पछाडि फिल्मको बजेट रहेको बताएका छन् । यसअघि एक सय करोडमा बन्ने भनिएको यो सिरिजको बजेट २०० करोड पुर्याइएको छ । फिल्मको गुणस्तरमा कुनै कमि नहोस भनेर बजेट बढाईएको निमार्ण पक्षले बताएका छन् । 

    नेटफ्लिक्सले यस ‘बाहुबली  विफोर दि विगिनिङ’ को शोलाई  ९ एपिसोडहरूमा बनाउने घोषणा गरेका छन्। जसलाई एस एस राजामौलीले निमार्ण गर्नेछन्। यो सिरिजमा शिवगामीको भोगाइलाई देखाउने बताइएको छ । मृणाल ठाकुरले यसको लागि छायांकन पनि गरिसकेकी थिइन् ।

    तर, नेटफ्लिक्सले हालसम्म भएका छायांकनलाई रद्द गर्दै बजेट बढाएर छायांकन फेरी सुरु गर्ने जानकारी दिइएको हो। स्रोतका अनुसार पहिले जती पनि छायांकन भएका थिए, यसलाई लिएर नेटफ्लिक्स सन्तुष्ट थिएन । अब, सिरिजका लागि स्क्रिप्ट, स्टारकास्ट र प्राविधिक टिममा फेरि काम हुने बताएका छन् । ‘बाहुबलीः विफोर दि विगिनिङले भारतमा ‘गेम्स अफ थ्रोस’ जस्तै लोकप्रियता हासिल गर्ने विश्वास  नेटफ्लिक्सले लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend