logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • कर्णाली प्रदेशसभा सदस्य ज्वाला भन्छन्– गुटले गरेको निर्णय मान्दैनौँ, प्रदेश सरकारमा एमालेको समर्थन कायम रहन्छ 

    कर्णाली प्रदेशसभा सदस्य ज्वाला भन्छन्– गुटले गरेको निर्णय मान्दैनौँ, प्रदेश सरकारमा एमालेको समर्थन कायम रहन्छ 

    1.6K
    Shares

    सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य तथा नेकपा एमाले माधव नेपाल समूहका नेता प्रकाश ज्वालाले कर्णाली प्रदेश सरकारलाई नेकपा एमालेले दिएको समर्थन कायम रहेको बताएका छन् । 

    बुधबार सुनौलो नेपालसँगको संक्षिप्त कुराकानीका क्रममा उनले भने, ‘एमाले संसदीय दलको भनिएको बैठक आधिकारीक थिएन । औपचारिक सूचना पनि जारी गरिएको थिएन । त्यसरी गरिएको गुटगत भेलाको निर्णय हामीलाई स्वीकार्य छैन । २० जनाको संसदीय दल हो । उहाँहरुसँग बहुमत पनि देखिँदैन । समर्थन फिर्ता भएको छैन ।’ 

    नेकपा एमालेमा देखिएको विभाजनको असर प्रदेश सरकारहरुमा देखिएको छ । 

    कर्णाली प्रदेशमा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाही मूख्य मन्त्री छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend