logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • चेल्सी ७ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

    चेल्सी ७ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

    2.9K
    Shares

    काठमाडौं ।  इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । एट्लेटिको मड्रिडलाई २(० गोल अन्तरले पराजित गर्दै चेल्सी क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

    बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो । यससँगै चेल्सी सात वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    घरेलु मैदानमा भएको दोस्रो लेगमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र इमर्सनले एक एक गोल गरे । खेलको ३४ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा स्टेफान साभिकले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको ।

    त्यसपछि खेलको इन्जुरी समयमा इमर्सनले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए । उनको यो च्याम्पियन्स लिगमा पहिलो गोल हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend