logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • फ्रान्समा कोरोनाको तेस्रो लहर, पेरिससहित १५ क्षेत्रमा एक महिने लकडाउन

    फ्रान्समा कोरोनाको तेस्रो लहर, पेरिससहित १५ क्षेत्रमा एक महिने लकडाउन

    2.3K
    Shares

    काठमाडौं । फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै फेरि एक महिने लकडाउन सुरु भएको छ । फ्रान्सको राजधानी पेरिससहित अरु १५ क्षेत्रमा आजदेखि लागू हुनेगरी एक महिने लकडाउनको घोषणा भएको हो ।

    तर, यो पटकको लकडाउन पहिलेको झैँ कडा भने नहुने फ्रान्सका प्रधानमन्त्री जीन कास्टेक्सले बताएका छन् । फ्रान्स सरकारले जनाए अनुसारअतिआवश्यकबाहेक अरु रोजगारीका कामहरु बन्द रहनेछन् भने विद्यालयहरु भने खुल्नेछ ।

    फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै ३५ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् ।

    समयमै खोप अभियान सञ्चालन नगरेकामा फ्रान्स सरकारको चर्को आलोचना भइरहेको छ । समयमै खोप लगाउन नसकेकाले तेस्रो लहरको सङ्क्रमण सुरु भएको भन्दै सरकारको विरोध भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend