logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  •  सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति बनिन्

     सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति बनिन्

    1.6K
    Shares

    काठमाडौं । तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति बनेकी छन् । उनले  राजधानी दारेसलाममा सेनाको परेडबीच आज शुक्रबार राष्ट्रपति पदको  सपथग्रहण गरेकी छिन्। 
     
    तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गत बुधबार निधन भएपछि हसन राष्ट्रपति भएकी हुन् । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधबार राति मृत्यु भएपछि उपराष्ट्रपति समिआ सुलुह हसन राष्ट्रपति बनेकी हुन् । 

    हसनले इमानदार भई व्यवहार गर्ने र तान्जानियाको संविधानको रक्षा गर्ने वचन दिएकी छन् । संविधानअन्तर्गत हसनले मगुफुलीको दोस्रो(चरणको बाँकी अवधिमा काम गर्नेछन् । सो अवधि सन् २०२५ सम्म रहनेछ । 

    पूर्व राष्ट्रपति जोन मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएका थिए । गत वर्षको चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ । अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले राष्ट्रपति भएर काम गर्नेछिन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend