काठमाडाैं । चीनको तिब्बत क्षेत्रमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्प शुक्रबार अपराह्न २ बजेर ४१ मिनेटमा गएको थियो ।
उक्त भूकम्पबाट जनधनको कुनै क्षति भए नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम राेयटर्सले उल्लेख गरेकाे छ ।