logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • गैंडाको खागसहित कोहलपुरबाट दुईजना पक्राउ 

    गैंडाको खागसहित कोहलपुरबाट दुईजना पक्राउ 

    3.5K
    Shares

    काठमाडौं । कोहलपुर नगरपालिका–११ बाट गैंडाको त्रिभुज आकारको दुई थान खागसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।वन्यजन्तु चोरी तस्करीमा संलग्न गिरोह भएको सूचनाका आधारमा जाँच गर्दा प्रहरीले दुईजनालाई गैंडाको खागसहित पक्राउ गर्न सफल भएको हो ।

    पक्राउ पर्नेमा नवलपरासी जिल्लाको बुलिङ्टार गाउँपालिका–२ का ३५ वर्षीय कृष्ण पुलामी मगर र सिन्धुली जिल्लाको ग्यङ्लेख गाउँपालिका–५ का ३४ वर्षीय सुरेश सिजाली रहेको प्रहरीले जनाएको छ ।

    उनीहरु लामो समयदेखि वन्यजन्तु चोरी तस्करीमा संलग्न रहेको सूचनाको आधारमा खोजी गर्दा प्रमाणसहित पक्राउ परेका हुन् । पक्राउ परेका दुबैजनालाई थप अनुसन्धानका लागि बरामद सामानसहित वन कार्यालयमा बुझाइने कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

    गैंडाको खागमा सुनजस्तो पहेंलो धातु टाँसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । डिएसपी खनालले गैंडाको खाग एक करोडमा बिक्री गर्ने तयारी भएको जानकारीमा आएको बताए । हिजोमात्र कोहलपुर प्रहरीले भालुको पित्त, कस्तुरीको बीना र रेडपाण्डाको छालासहित तीनजनालाई पक्राउ गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend