काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा बढी मानिस काेराेना संक्रमित भएका छन् ।
६ महिनादेखि संक्रमण घटिरहेकाे भारतमा फेरि संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार ९५० जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो विवरण अनुसार भारतमा काेराेना संक्रमितको संख्या १ करोड १५ लाख ५४ हजार ८९५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप १८९ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार ५९४ पुगेको छ ।