काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन जहाज चढ्ने क्रममा लडेका छन् । एयरफोर्सको जहाज चढ्ने क्रममा लडेका हुन् ।
उनी मेरील्याण्डको संयुक्त बेस एन्ड्रयूजबाट एटलान्टा जान जहाज चढ्ने क्रममा भर्याङमा चिप्लिएर लडेका हुन् ।
चिप्लिएर लडेपछि उठ्ने कोसिस गर्दा गर्दा उनी फेरि चिप्लिएर लडेका थिए । तथापि, उनी शतप्रतिशत फिट रहेको ह्वाइटहाउसकी डेपुटी प्रेस सेक्रेटरी करिन हुवाँ पियरेले बताएकाे गार्जियनले उल्लेख गरेकाे छ ।