काठमाडौं। रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्यन म्युनिखले भिएफबी स्टुट्गार्टमाथि ४–० को सानदार जित दर्ता गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा १२ औँ मिनेटमा डेभिस सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बार्यन म्युनिख १० खेलाडीमा सीमित भएको थियो।
लेवान्डोस्कीले १७, २३ र ३९ औँ मिनेटमा गोल गरि ह्याट्रिक पूरा गरे । यस्तै खेलको २२ औँ मिनेटमा सर्गेइ ग्नाब्रीले गोल गरेका हुन् ।
जितपछि शीर्षस्थानमा रहेको बायर्नको २६ खेलबाट ६१ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगको ५७ अंक रहेको छ । पराजित स्टुटगार्ट ३६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।