logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • इङल्याण्डविरुद्धको टी-२० क्रिकेट सिरिज भारतले जित्यो

    इङल्याण्डविरुद्धको टी-२० क्रिकेट सिरिज भारतले जित्यो

    1.9K
    Shares

    काठमाडौं।  इङल्याण्डविरुद्धको टी-२० क्रिकेट सिरिज भारतले जितेको छ । गएराति सम्पन्न पाँचौ एवं अन्तिम टी-२० खेलमा भारतले ३६ रनको  जीत निकाल्दै सिरिज ३- २ ले आफ्नो पक्षमा पारेको हो। 

    गएरातिको खेलमा २२५ रनको लक्ष्य पछ्याएको इङल्याण्डले २० ओभरमा ८ विकेट गुमाउदै १८८ रन मात्र बनाउन सक्यो ।​ इङल्याण्डका लागि डविड मलानले ६८ रन बनाए भने जोस बटलरले ५२ रन बनाएका थिए। भारतका लागि  श्रदुल ठाकुरले ३ र भुवनेश्वर कुमारले २ विकेट लिए।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा २ विकेट गुमाउदै २२४ रन बनाएको थियो। भारतका लागि कप्तान विराट कोहलीले अविजित ८० रन बनाए। त्यस्तै रोहित शर्माले ६४, हार्दिक पाण्डेयले अविजित ३९, सूर्यकुमार यादवले ३२ रन बनाए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend