वासिङ्टन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अब आफ्नै सामाजिक सञ्जाल बनाउने भएका छन् । उनका सल्लाहाकार जेसन मिलरले फक्स न्यूजसँग कुरा गर्दै यस्तो जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।
मिलरले भनेका छन्, ‘मलाई जहाँसम्म लाग्छ, दुई वा तीन महिनाभित्र राष्ट्रपति ट्रम्प आफ्नै प्लेटफर्ममार्फत सामाजिक सञ्जालमा फर्कनुहुनेछ । सो प्लेटफर्म सामाजिक सञ्जालहरुमध्य एकदमै धेरै रुचाइएको प्लेटफर्म हुनेछ र यसले अमेरिकाको राजनीतिलाई पूर्ण रुपमा पुनरपरिभाषित गर्नेछ ।’
गत जनवरी ६ मा आफ्ना समर्थकहरुलाई भड्काएर अमेरिकी संसद भवनमा आक्रमण गर्न लगाएको भन्दै टुइटर, फेसबुकलगाएतका सामाजिक सञ्जालहरुले ट्रम्पमाथि प्रतिबन्ध लगाएका थिए ।