काठमाडौं । नेकमा एमालेका सचिव योगेश भट्टराईले माधव नेपालसहित चार नेतालाई स्पष्टिकरण सोध्नेहरु नै लाखौँ प्रश्नकाे घेरामा रहेको प्रतिक्रिया दिएका छन् ।
ओली पक्षले सोमबार नेपाल पक्षका नेताहरु माधव कुमार नेपाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डे लाई तीन दिन भित्र स्पष्टिकरण दिन पत्र पठाएको छ । यसैप्रति लक्षित गर्दै नेता भट्टराईले स्पष्टिकरण सोध्नेहरु नै लाखौँ प्रश्नको घेरामा रहेको बताएका हुन् ।
फागुन २३ सर्वोच्चले गरेको फैसलापछि नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँतिएपछि माधव नेपाल पक्षले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रवृत्तिविरुद्ध लड्ने घोषणा गरेको थियो । नेता भट्टराईले टुइटरमा लेखेका छन्, ‘सोध्नेहरु स्वयं लाखौ प्रश्नको घेरामा छन !’
सोध्नेहरु स्वयं लाखौ प्रश्नको घेरामा छन !
— Yogesh Bhattarai (@yogesbhattarai) March 22, 2021