अभिनेता संजय कपूर र महेपकी छोरी सान्या कपूरले बलिउडमा डेव्यु गर्ने भएकी छिन् । उनले करण जौहरको धर्मा प्रोडक्सनको साथ बलिउडमा अभिनेत्रीको रुपमा डेव्यु गन लागेकी हुन् । उनको डेब्यु फिल्मको यसै वर्ष जुलाईमा शुटिङ शुरु हुने बताएकी छिन् । सान्याले यस बारे सोमबार उनको इन्स्टाग्राम मार्फत जानकारी दिएकी हुन् ।
उनले यस फिल्मको लागि आफु निकै उत्साहित रहेको बताएकी छिन् । उनलाई बलिउडका स्थापित कलाकार आलिया भट्ट, वरुण धवन र जान्हवी कपूर जस्ता सेलिब्रेटीहरूले स्वागत गरेका छन् । सान्याका लागि यो एक अविस्मरणीय र रोमाञ्चकारी यात्रा हुने करण जोहरले सामाजिक सन्जालमा लेखेका छन् ।