काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद कृष्णभक्त पोखरेलले नेकपा एमालेका कार्यकर्ताहरु एमाले, सूर्य चिन्ह र निर्वाचित अध्यक्षको हिसाबले अहिले केपी शर्मा ओलीको पक्षमा रहेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएको पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि सरकारको विपक्षमा आवाज उठाएका पोखरेल अहिले नेकपामा केपी शर्मा ओलीको पक्षमा रहेका छन् । उनले एमाले २ ओटा नभएको र एमालेमा मात्र वादविवाद भएकाले समानान्तर गतिविधि चित्त नबुझेको बताए । उनले पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने र त्यसका लागि संसदीय दलको बैठकमा बस्नुपर्ने भएकाले आफू संसदीय दलको बैठकमा गएको बताएका छन् ।
लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा रहेका सबैजना फेरि मिलेर जानुपर्ने र प्रधानमन्त्री समेत रहेका अध्यक्षले अभिभावकत्व निर्वाह गर्नुपर्ने उनको तर्क छ । उनले भने, ‘समानान्तर गतिविधि बढायो भने एकता कमजोर हुन्छ त्यसकारण यो घटाएर लैजान आवश्यक छ ।’
हेर्नुहोस् भिडियो :