काठमााडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी बैठक मङ्गलवार (भोलि) बस्ने भएको छ । बिहान आठ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठक सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा केन्द्रित हुनेछ ।
नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँगको गठबन्धनका विषयमा पनि बैठकमा छलफल हुने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताएका छन् ।
स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीका आउँदो कार्ययोजना लगायतबारे पनि छलफल हुने बताइएको छ ।