logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • भीम रावलसँग एमालेले माग्यो रकम हिनामिना देखि फर्जी हस्ताक्षरसम्म गरेको स्पष्टिकरण

    भीम रावलसँग एमालेले माग्यो रकम हिनामिना देखि फर्जी हस्ताक्षरसम्म गरेको स्पष्टिकरण

    2.4K
    Shares

    काठमाडौं । नेकपा एमालेले पार्टीका नेता डा.भीम रावललाई ६ बुँदे स्पष्टीकरण सोधेको छ । उक्त स्पष्टीकरणमा भीम रावलमाथि पार्टीको सम्पत्ति हिनामिना गरेको आरोप लगाइएको छ । 

    स्पष्टीकरण पत्रको छैटौँ बुँदामा रावललाई पार्टीको कार्यकर्ताले दुःखले जम्मा गरेको रकम दुरुपयोग गर्न/गराउन प्रत्यक्ष भूमिका के कति कारणले खेलेको भनी प्रश्न गरिएको छ ।

    रावलसँगआफ्नो पार्टी अध्यक्षको सरकारलाई बदनाम गराउन सडक, सदन र मिडियामा लगातार झुट प्रचार गरेको र अविश्वास प्रस्ताव दर्ता गराउन अगुवाई गरेको विषयमा पनि स्पष्टीकरण मागिएको छ ।

    नेकपा एमालेले रावलमाथि छापामार शैलीमा अविश्वासको प्रस्ताव तयार गरेको, भ्रम र प्रलोभनमा पारी हस्ताक्षर गराएको तथा संसदहरुको फर्जी हस्ताक्षरसम्म गरेको आरोप लगाएको छ । अविश्वासको प्रस्ताव तयार गर्दा अनुशासनहिन कार्य किन के कारणले गरेको भनी पार्टीले स्पष्टीकरण सोधेको छ । 

     ६ बुँदे स्पष्टीकरणको जवाफ तीन दिन भित्र दिनुपर्नेछ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend