काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाललाई पार्टीको तर्फबाट १० बुँदे स्पष्टिकरण मागेको छ । स्पष्टिकरण पत्रमा नेपाललाई महाधिवेशन आयोजक समिति सदस्यका रुपमा सम्बोधन गरिएको छ ।
नेता नेपालसँग आफ्नो पार्टी नेतृत्वको सरकार गिराउन र अन्य राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री बनाउन षड्यन्त्र गर्नुको कारण सोधिएको छ । त्यस्तै नेपालसँग कानुनविपरित सडकबाट अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाको अध्यक्ष र साधारण सदस्य समेतबाट के आधारमा निष्कासन गरेको भनी स्पष्टिकरणमा सोधिएको छ ।
उनीसँग प्रचण्डको मतियार किन बनेको रु भन्ने जवाफ समेत मागिएको छ । प्रचण्डसँगअझै साँठगाँठ गरेको, एमाले कब्जा गर्न माधव नेपालहरु गएको भन्ने प्रचण्डको अभिव्यक्तिको खण्डन नगरेको तथा अहिले पनि प्रचण्डसँग एमाले नेतृत्वको सरकार ढाल्न अन्य विपक्षीलाई समेत उक्साएर साँठगाँठ गरेको जस्ता आरोप नेता नेपालमाथि पार्टीले लगाएको छ ।
तीन दिनभित्र स्पष्टिकरणको लिखित जवाफ पेश नगरेमा पार्टीको विधान र नियम बमोजिम कारबाही गरिने चेतावनी पनि नेपाललाई दिइएको छ ।