काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बस्नुअघि कानुन व्यवसायीसँग छलफल गरेको छ ।
सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा माओवादीले विश्वासको प्रस्ताव, समर्थन फिर्ता, नेकपाबारे सर्वोच्चले गरेको फैसला र अहिलेको सरकारको हैसियतबारे कानुन व्यवसायीहरुसँग छलफल गर्दै सुझाव मागेको हो ।
कानुन व्यवसायी समेत रहेका सांसद रामनारयण बिडारीका अनुसार सबै विषयमा काुननी व्यवस्था र अवलम्बन गर्नुपर्ने बाटोबारे कानुनी व्यवसायीले सुझाव दिएका छन् ।
अविश्वासको प्रस्ताव कसरी दर्ता हुन्छ ? समर्थन फिर्ता कसरी गर्न सकिन्छ ? प्रधानमन्त्रीले विस्वासको मत कसरी लिनुहुन्छ ? भन्ने बारे छलफल गरिएको उनले बताए ।
कानुन व्यवसायीसँगको छलफलपछि माओवादीको स्थायी समिति बैठक बसिरहेको छ ।