२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

नेपालगंजको विद्युत समस्याबारे हितेन्द्रदेव शाक्यले लिए जानकारी

बुधवार , आषाढ ११, २०८२

बाँके । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आर्चाय र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपालगंजको विद्युत समस्याबारे जानकारी लिएका छन् ।

बाँकेको बैजनाथ गाउँपालिकास्थित बानियाभारको विवादबारे जानकारी लिन नेपालगंज आएका सचिव आर्चाय र कार्यकारी निर्देशक शाक्यले उद्योग वाणिज्य सङ्घ नेपालगंजका अध्यक्षलगायत उद्योगीलाई भेटेर विद्युत अनियमितताको समस्याबारे जानकारी लिएको हो । सो अवसरमा मन्त्रालयका सचिव आर्चायले यहाँको विद्युत समस्या समाधानका लागि सरकार गम्भीर रहेको औंल्याउँदै अबका केही वर्षमा सबै समस्या समाधान हुने बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले विद्युत वितरणको केन्द्रमा कोहलपुर भएकाले यसबाट विद्युत वितरण गर्दा नेपालगंज विद्युत अपुग भएको उल्लेख गर्दै जानकीको बकसपुरमा र भारतको नानपुरमा विद्युत परियोजनाको काम सम्पन्न भएपछि यस क्षेत्रलाई राहत हुने बताए ।

उनले भने, “यस क्षेत्रको विद्युत अनियमितताबारे जानकार भएकाले हामीले यसलाई गम्भीरतापूर्वक लिएका छौँ ।”

कोहलपुर–नेपालगंज १३२ केभी प्रसारण लाइन परियोजनाका संजय गुरुङले परियोजनाको काम सपन्न गर्न कम्तीमा डेढ वर्षको समय लाग्ने उल्लेख गर्दै विद्युतका सबै समस्या समाधान हुने बताए ।

उद्योग वाणिज्य संघ नेपालगञ्जका अध्यक्ष टंक धामीले विद्युत् अनियमितताले नेपालगंजका उद्योगी, व्यवसायी मर्कामा परेको उल्लेख गर्दै विद्युत लाइन काट्ने विषयमा पूर्वजानकारी दिन आग्रह गरे। उनले यहाँको व्यापारिक केन्द्रलाई ध्यानमा राखेर विद्युत नीति बनाउन जोड दिँदै संघका तर्फबाट ज्ञापनपत्रसमेत बुझाए ।

यसअघि सचिव आर्चाय र कार्यकारी निर्देशक शाक्यले लुम्बिनी प्रदेश डिभिजन कार्यालय, बैजनाथको बानियाभार क्षेत्र, जानकी गाउँपालिकाको बकसपुर क्षेत्र र नेपालगंज वितरण केन्द्रको स्थलगत अवलोकन गरे । नेपालगंज वितरण केन्द्रका विषयमा कार्यालय प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिएका थिए । उनीहरुले लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगंज मातहतका पूर्वीरुकुम, रोल्पा, दाङ, बाँके, बर्दिया र प्युठान जिल्लाका वितरण केन्द्रका प्रमुखहरूसँग विद्युतका विषयमा अन्तक्र्रिया गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट