काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको चुरीफुरी पदमा रहँदासम्म मात्र भएको बताएका छ्न।
आफूसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्।
केपी ओलीको चुरीफुरी पदमा रहँदा मात्र हो, नेपालले भने, ‘ जब ओली प्रधानमन्त्री पदबाट हटेर सडकमा उत्रिन्छन नि त्यसपछि ओलीको हावा खुस्किनेछ। ‘
केपी ओली प्रवृतिसँग झुक्ने, आत्मसपर्पण गर्ने कुरा किमार्थ स्वीकार्य नहुने उनको भनाइ थियो। जस्तो सुकै चुनौतीको सामना गर्ने भन्दै नेपालले ओलीले सोधेको कथित स्पष्टीकरणसँग नडराउने बताए।
केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई विसर्जन र विघटनतर्फ लागेको आरोप उनले लगाए। नेता नेपालले आफू पार्टीमा विकसित पछिल्लो अवस्थाबाट अलिकति पनि विचलित नभएको भन्दै नेता कार्यकर्तालाई पनि उच्च मनोबलका साथ आफ्नो कार्यक्षेत्रमा खटिन आग्रह गरे ।