विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ललिता निवास प्रकरणको अभियोग लागेका नेता विजयकुमार गच्छदार अन्यायमा परेको बताएका छन् ।
धरानमा आयोजित ‘समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था’ विषयक प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले गच्छदारले न्याय पाउनेमा विश्वास व्यक्त गरे ।
कांग्रेसलाई अहिले जनताले प्रतिपक्षीमै बस्न आग्रह गरेको भन्दै नयाँ सरकार बन्ने बाटो नखुलेसम्म आफूहरुले मरिहत्ते नगर्ने देउवाको भनाई थियो ।
‘माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म सरकार निर्माणका लागि कांग्रेसले हतारो नगर्ने उनको भनाइ छ । त्यसपछि कांग्रेसले सरकारको नेतृत्व लिने बारेमा आवश्यक निर्णय लिने उनले बताए ।