काठमाडौं । नेपालका चार महिला फुटबलर आबद्ध मासा युनाइटेडले कराँची महिला फुटबल क्लबलाई ३५-० गोलले पराजित गरेको छ । पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपाली फुटबलरले गोलको वर्षा गरेका हुन्।
मंगलबार भएको खेलमा मासाको जितमा नेपाली फरवार्ड अनिता केसी एक्लैले १६ गोलको योगदान गरिन् भने मिडफिल्डर सरु लिम्बुले १० गोल गरिन्। डिफेन्डर गीता रानाले २ गोल गर्दा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले पनि २ गोल गर्न सफल भइन्।
उक्त प्रतियोगितामा २० टिमबीच प्रतिस्पर्धा भइरहेको छ। २० टिमलाई चार समूहमा विभाजन गरिएको छ। नेपाली खेलाडी आबद्ध मासा समूह बीमा रहेको छ ।