logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ब्युटिसियन ट्यालेन्ट चितवन २०२१ को ट्यालेन्ट राउण्ड सम्पन्न

    ब्युटिसियन ट्यालेन्ट चितवन २०२१ को ट्यालेन्ट राउण्ड सम्पन्न

    4.5K
    Shares

    चैत,१०। ब्युटिसियन ट्यालेन्ट चितवन २०२१ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ। माडी नगरपालिका १ बनकट्टाको बोटे होमस्टेमा सम्पन्न ट्यालेन्ट राउण्डमा टप ९ ले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

    कार्यक्रमका प्रमुख अतिथि माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले कार्यक्रमको सफलताको  शुभकामना ब्यक्त गर्दै माडीमा कार्यक्रम आयोजना गरिएको प्रति आयोजक सस्था क्रियटिभ इन्साइड मिडिया प्रालिलाइ धन्यवाद ज्ञापन गर्नुभयो।

    माडी पर्यटकीय सम्भावना बोकेरपनि ओझेलमा परिरहेकाले यस्ता क्षेत्रको प्रबर्द्दन गर्न माडी भ्रमण र ट्यालेन्ट राउण्ड गरेको आयोजक  सरिता आचार्यले जानकारी दिनुभयो। ट्यालेन्ट राउण्डमा फाइनल सम्म स्थान बनाइसकेका उत्कृष्ट १० मध्ये ९ जनाले आफ्नो प्रतिभा देखाएका थिए जसमध्ये प्रतिज्ञा तिवारी, रेशम श्रेष्ठ कुवर र सारदा बरालले बलत्कार लगायत नारिका बिषयमा आफ्नो बिचार राख्नु भएको थियो भने अन्य सुप्रिना लामा,सिमा क्षेत्री,रोजिना लामा,शान्ति थापा,रुबी गुरुङले नृत्य प्रस्तुत गर्नुभएको थियो त्यस्तै जानुका देबकोटा अधिकारिले अभिनय गर्नुभएको थियो ।

    प्रतियोगिताको निर्णायकको रुपमा मिस्टर एण्ड मिस स्टार चितवन २०१९ को बिजेता तथा डान्स मास्टर श्रवन श्रेष्ठ,युवा ब्यबसायी कमल अर्याल र ब्युटिसियन श्रेया लामा रहनु भएको थियो। बिजेताको घोषणा भने आउदो चैत २१ गते हुने ब्युटिसियन ट्यालेन्ट चितवन २०२१ को फाइनलका दिन घोषणा गरिने बताइएको छ। कार्यक्रममा समाजसेवी गङ्गा ढकाल बोटे होमस्टेका अध्यक्ष लगायतका अन्य अतिथिहरु रहनुभएको थियो।

    ब्युटिसियन ट्यालेन्ट चितवन २०२१ को टाइटल स्पोन्सरमा युरो पेन्ट्स रहेको छ भने स्पोन्सरमा कार भेनाला प्रोडक्ट, रिलायवल लाइफ इन्सुरेन्स प्रालि,इन्द्रदेव डेब्लिपर्स प्रालि,देखशुखि जापानिज भाषा स्कुल,लोटस प्रोडक्ट स्किन केयर ब्युटी कलेक्सन,लेडिज एण्ड बेबी सुज मार्ट,सापकोटा सप्लायर्स भरतपुर ४ धर्मचोक कुइन्स पार्लर एण्ड ट्रेनिङ्ग सेन्टर र रोज पार्लर रहेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend