डोटी । मदन भण्डारी फाउन्डेसन डोटीको जिल्ला अधिवेशन प्रति नेकपा (एमाले) का नेता, कार्यकर्ताहरु रुष्ट सहित आक्रोसित बनेका छन् । शनिबार सम्पन्न भएको उक्त फाउन्डेसनको अधिवेशन तत्कालिन अध्यक्ष लक्ष्मण मलासीलाई जानकारी नदिई अधिवेशन सम्पन्न गरिएको भन्दै उनीहरु आक्रोसित बनेका हुन् । शनिबार सम्पन्न भएको अधिवेशनमा नेताहरुबीचमा झण्डै हात हालाहालको अवस्था सृजना भएको बताइएको छ ।

सम्पन्न भएको उक्त अधिवेशन प्रति एमालेका नेताहरुले गुट गतको राजनिति गरिएको भन्दै अहिले सामाजिक सञ्जालहरुका आक्रोस पोख्न थालेका छन् । फाउन्डेसनको अधिवेशन छलछाम गरी बन्द कोठामा गरिएको र आफु फाउण्डेसनको अध्यक्ष हुँदा हुँदै कुनै जानकारी विना नै अधिवेशन गरिएको भन्दै लक्ष्मण मलासीले सामाजिक सञ्जालमा आक्रोस पोख्नु भएको छ ।
उहाँले लेख्नु भएको छ, “डोटी जिल्लामा मदन भण्डारी फाउन्डेसन मेरो नेतृत्वमा गठन हुनु पुर्व अध्यक्ष दुर्गा ओ झा हुनुहुन्थ्यो उहाँको आयोजनामा प्रथम जिल्ला अधिवेशन सम्पन्न भयो । मैले सामाजिक सन्जालमा देखे जिल्ला अधिवेशन भयो भनेर । म आफै अध्यक्ष छु मदन भण्डारी फाउन्डेसनको अधिवेशन गर्नु पुर्व सरसल्लाह गरेर मिटिङ राखेर निर्णय गरेर जिल्ला अधिवेशन गर्नु पर्ने यो पबित्र सामाजिक संस्थाको नियम हो ।”

यसैगरी उहाँले राष्ट्रिय महाधिवेशनमा पनि गैरकानुनी रुपमा प्रतिनिधि जानू भनेको रहेछ ती साथी लज्जित भए । फेरि गैरकानुनी रुप बाट छलछाम जालझेल षड्यन्त्र कपटपूर्ण तरिका बाट साथीहरू लाई झुक्याउने गरि बन्द कोठामा बोलाई निकृष्ट लज्जाबोध हुने गरि अर्को कोशिस भए छ । धेरै साथीहरू लाई ७४ औँ जन्मजयन्ती मनाउने भनेर बोलाउनु भएको रहेछ । म केही दिनका लागि बिदेश भ्रमणमा गएको थिए त्यही मौका पारेर चोरी ठगी जालसाजी ठहर हुने गरि अर्को अराजक उडण्ड जबर्जस्ती कार्य गरेकोमा मेरो घोर आपती असमर्थ छु । केन्द्रमा मैले सरसल्लाह गरिरहेको थिए । विधि पद्धतिसँग हामीले डराउनु हुदैन । जवजका मुख्य उदेश्य व्यापक लोकतान्त्रिकरण हो । समाजमा परिवर्तन र रुपान्तरण गर्ने सामाजिक न्यायको पक्षलाई स्थापित गनु हो । हामी विधि सम्मत रुप बाट जिल्ला अधिवेशन गर्ने छौँ केन्द्र प्रदेश जिल्ला नेतृत्वसंग सरसल्लाह गरेर । तपाईंहरु भ्रममा नपर्नु होला यो अधिवेशन हाईन ।

यसैगरी शनिबार सम्पन्न भएको उक्त अधिवेशबाट अध्यक्ष चयन हुनु भएका एमाले नेता शेरबहादुर मल्लले पनि सामाजिक सञ्जालमा आक्रोस पोख्नु भएको छ । उहाँले सामाजिक सञ्जालमा सबैलाई हेरिरहेको छु र समयले जवाफ दिनेछ कसलाई कस्तो जवाफ चाहिन्छ भनेर लेख्नु भएको छ ।

एमाले जिल्ला अध्यक्ष मन्जु मलासी केपी ओली र शंकर पोखरेल पक्ष भएको र गौरी ओली बिद्या भण्डारी पक्ष भएका कारण मदन भण्डारी फाउन्डेसनको डोटी अधिवेशनमा समस्या उत्पन्न भएको नेकपा एमालेका एकजना नेताले बताए । उनले भने, “डोटीमा ओली र बिद्या ग्रुप भएका कारण समस्या भएको हो । केन्द्रको गुटबन्दि जिल्ला पुग्यो,यो राम्रो पक्ष होइन ।”

शनिबार सम्पन्न अधिवेशनबाट शेरबहादुर मल्ल अध्यक्षमा चयन हुनुभएको छ भने उपाध्यक्षमा कृष्णकुमार खड्का, सचिवमा गणेश विष्ट र कोषाध्यक्षमा पद्मादेवी मगरसहित १७ सदस्यीय जिल्ला समिति गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस