काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागू पूर्णिमा (होली पर्व)मा भीडभाड नगर्न र घरमै मनाउन आग्रह गरेको छ। कोभिड–१९ को संक्रमण बढ्न सक्ने जोखिमलाई ध्यानमा राखी मन्त्रालयले यस्तो आग्रह गरेको हो।
बुधबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेकोले जोखिम बढेको भन्दै होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गरेका हुन्।
पछिल्लो समय विश्वभरि र विशेषगरि छिमेकी देश भारतमा कोरोना संक्रमण बढेसंगै नेपालमा पनि जोखिम भएकाले सतर्क रहन मन्त्रालयले आग्रह गरेको हो।