काठमाडौं । पछिल्लो २४ घण्टामा १४५ जनामा कोभिड –१९ को नयाँ संक्रमण देखिएको छ । १४५ जना नयाँ संक्रमित मध्ये सबैभन्दा बढी वाग्मती प्रदेशमा, ७३ जना पहिचान भएका छन्।
त्यसपछि सबैभन्दा बढी गण्डकी प्रदेशमा ३३ जना र प्रदेश १मा १३ जना संक्रमित पहिचान भएका छन् ।
कोरोना भाइरसको नयाँ संक्रमण देखिन थालेपछि बुधबार उपत्यकाका तीनै जिल्लाहरुमा सार्वजनिक स्थलमा होली खेल्न रोक लगाउने निर्णय गरेका छन् ।
गृहमन्त्रालयले ७७ वटै जिल्लमा क्वारेन्टिन तथा आइसोलेसन तयारी अवस्थामा राख्न परिपत्र पनि गरिसकेको अवस्था छ ।
छिमेकी मुलुक भारतमा पछिल्लो समयमा भाइरसको संक्रमण दरमा वृद्धि हुँदै गइरहेकाले त्यसको प्रभाव नेपालमा पर्न सक्ने अनुमान गरिएको छ ।