logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • माधव नेपालले उल्टै सोधे केपी ओलीलाई स्पष्टीकरण, कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने तपाईँको गलत मनसाय छैन भनेर किन नभन्ने ?  (पत्रसहित)

    माधव नेपालले उल्टै सोधे केपी ओलीलाई स्पष्टीकरण, कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने तपाईँको गलत मनसाय छैन भनेर किन नभन्ने ?  (पत्रसहित)

    2.5K
    Shares

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग स्पष्टीकरण मागेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग साँठगाँठ गरेर पार्टीको अनुशासन विपरित कार्य गरेको भन्दै सोमबार महासचिव इश्वर पोखरेलले पार्टीको नामबाट ‘कारवाही किन नगर्ने’ भन्ने विषयमा तीन दिन भित्र स्पष्टिकरण मागेको थियो । 

    एमाले नेता माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, र घनश्याम भूषालसहित ४ जनासँग स्पष्टीकरण मागेको थियो । चारै जनाले बिहीबार नै स्पष्टीकरण दिएका छन् । 

    स्पष्टिकरण पत्रमा माधव नेपालले उल्टै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण सोधेका छन् । उनले १५ पृष्ठ लामो पत्र लेख्दै पार्टीले मागेको स्पष्टीकरणको जवाफ दिएका हुन् । 

    केपी ओलीले पार्टीको विधान विपरीत काम गरेका भन्दै उनले जवाफी पत्रमा लेखेका छन्, फागुन २३ मा सर्वोच्चले गरेको फैसलामा पार्टी एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा उपस्थित हुनु भन्ने आदेश रहेको भन्दै त्यसबारे नेकपा एमाले पार्टीमा छलफल गर्न बैठक नै नबोलाएको तथ्य पेश गर्दै जवाफी पत्रमा लेखेका छन्, ‘यसरि नेकपा (एमाले)को केन्द्रिय कमिटीको बैठक नबोलाइएबाट सर्वोच अदालतको फैसलाको अवज्ञा हुनुका साथै नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाइराख्ने तपाईँको गलत मनसाय रहेको छ किन नभन्ने ?’ 

    माधव नेपालले साेधेकाे स्पष्टीकरणको पूर्णपाठ :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend