logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • लकडाउनले बढायो माग : पछिल्लो आठ महिनामा सवा २६ अर्ब बराबरको मोबाइल भित्रियो

    लकडाउनले बढायो माग : पछिल्लो आठ महिनामा सवा २६ अर्ब बराबरको मोबाइल भित्रियो

    2.3K
    Shares

    काठमााडौं । चालू आर्थिक वर्षको पहिलो आठ महिनामा मात्र सवा २६ अर्ब रुपैयाँ बराबरको मोबाइल नेपाल भित्रिएको छ । 

    भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि फागुन महिनासम्म २६ अर्ब ३० करोड ५४ लाख हजार रुपैयाँबराबरका झन्डै ५० लाख थान मोबाइल फोन भित्रिएका हुन् । 

    लकडाउनले गर्दा मोबाइलको प्रयोग बढ्दै गएकाले पनि आयात झन्डै दोब्बर भएको हो । आठ महिनाको अवधिमा सबैभन्दा धेरै चीनबाट १६ अर्ब ४२ करोड रुपैयाँबराबरका ४१ लाख २२ हजार सेट मोबाइल आयात भएको छ । यस्तै, भारतबाट आठ अर्ब ६० करोड रुपैयाँबराबरका ६ लाख ४९ हजार सेट आयात भएका छन् ।

    भियतनामबाट पनि एक अर्ब पाँच करोड रुपैयाँको मोबाइल फोन आयात भएको छ । बेलायत, अमेरिका, यूएई, कतार, बहराइन, जापान, कोरियालगायत देशबाट पनि मोबाइल आयात भएको तथ्यांक छ ।

    गत आर्थिक वर्षको पहिलो आठ महिनामा १४ अर्ब ३७ करोड रुपैयाँबराबरका झण्डै ३८ हजार थान मोबाइल सेट आयात भएको थियो । यो आर्थिक वर्षमा झण्डै दोब्बरले बढेर २६ अर्ब ३० करोड रुपैयाँको मोबाइल फोन सेट आयात भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend