२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

सांसद शर्माद्वारा हुम्लाका आगलागी पीडीतलाई आर्थिक सहयोग

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा सुनिल शर्माले हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानी गाउँमा भएको आगलागी पीडीतलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

आगलागीबाट सर्केगाड गाउँपालिका–३ का ३७ वर्षका बिर्ख रावत, ४७ वर्षकी बाटुली फडेरा, ४३ वर्षका लाल कुवार फडेरा, ४४ वर्षका पाले फडेरा, ४३ वर्षकी आशा फडेरा, २९ वर्षका बिरजन फडेरा, ४२ वर्षका धनबहादुर रावतको घर जलेर नस्ट भएको थियो ।

सहयोग राशिको हस्तान्तरण बुधबार संविधानसभा सदस्य रिता शाही, नेपाली कांग्रेस हुम्लाका पूर्व पार्टी सभापति जयपति रोकाया, प्रदेश सभापति मानदेव शाही, नेविसंघका केन्द्रीय सदस्य याङ्जोर कार्की लगायतको उपस्थितिमा गरिएको हो।

No description available.

डा शर्मा प्रतिनिधिसभाका एक मात्र सांसद हुन् जसले तलब–भत्ता नलिने निर्णय गरेका छन्। उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्।

शिविरमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था समेत मिलाउने कार्य निरन्तर गरिरहेका छन्।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका जनताको सेवा गर्नका लागि ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ।

त्यस्तै, हालै उनले मोरङको बेलबारीमा एक थान एम्बुलेन्स हस्तान्तरण गरेका छन्। अहिलेसम्म डा। शर्माले देशका सात विभिन्न स्थानमा आफ्नै पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्।

उनीद्वारा गरिएका यस्ता मानवीय र निस्वार्थ कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई व्यवहारमा पुष्टि गरिदिएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट