काठमाडौं। नेकपा एमालेको राष्ट्रिय सभा संसदीय दलको नेतामा सुमन प्याकुरेल चयन भएका छन्।
प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी ओलीले प्याकुरेललाई राष्ट्रिय सभा संसदीय दलको नेतामा चयन गरेका हुन्।
नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेकपामा दिनानाथ शर्मा राष्ट्रिय सभा दलको नेता थिए।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि माओवादी केन्द्रले शर्मालाई नै दलको नेतामा कायम राखेको थियो भने एमालेले प्याकुरेललाई चयन गरेको हो।