काठमाडौं। नेकपा एमालेको खनाल-नेपाल समूहले प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ ।
उक्त समूहको आज बसेको केन्द्रीय सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो।
एमालेको संसदीय दलको बैठक ३ बजे बालुवाटारमा बस्दै छ। यसअघिको बैठकमा यो समूह सहभागी भएको थिएन।