logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • लस एन्जलसमा भेकेसन मनाउदैँ अभिनेत्री जान्हवी कपुर

    लस एन्जलसमा भेकेसन मनाउदैँ अभिनेत्री जान्हवी कपुर

    6.1K
    Shares

    बलिउड अभिनेत्री जान्हवी कपुर यतिबेला अमेरिकामा छिन् । उनको नयाँ फिल्म रुहिको रिलिज पछि भेकेसन मनाउन उनी लस एन्जलस उडेकी हुन् । जान्हवी उनकी बहिनी खुशी र साथि रोहन जौराको साथमा त्याहाँ छिन्। 

    बिहीबार यी अभिनेत्रीले मालिबु, क्यालिफोर्नियामा आफ्नो र रोहन जौराको एक तस्विर सेयर गरेकी छिन् , जसमा उनीहरूले समुद्र र आकाशको शान्त दृश्यको आनन्द लिइरहेको देख्न सकिन्छ ।  

    अन्हिवी कपूरले रुहीमा भूतले सताएको एक महिलाको भूमिका गरेकी थिइन्। हार्दिक मेहता द्धारा  निर्देशित  रुही फिल्ममा, जान्हवि कपुर सहित राजकुमार राव र वरुण शर्माको पनि अभिनय रहेको थियो।

    जान्हवीले २०१८ मा  शशांक खेतानको  फिल्म ‘धड़क’ बाट बलिउडमा डेब्यु गरेकी हुन् । उक्त फिल्ममा उनले ईशान खट्टरसँगकाम गरेकी थिइन। 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend