logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • ओलीले भने : नेपाल र रावलको स्पष्टीकरण चित्त बुझ्दो भएन, कारबाहीको भागिदार हुनेछन्

    ओलीले भने : नेपाल र रावलको स्पष्टीकरण चित्त बुझ्दो भएन, कारबाहीको भागिदार हुनेछन्

    1.9K
    Shares

    काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावल कारबाहीको भागीदार हुने बताएका छन्। 

    शुक्रबार संसदीय दलको बैठकमा दलका नेता समेत रहेका ओलीले नेपाल र रावलको स्पष्टीकरण चित्त बुझ्दो नभएको बताएका हुन्। 

    ‘नेपाल र रावलको स्पष्टीकरणको जवाफ अत्यन्त नकारात्मक ढंगले आएकाले कारवाहीको भागीदार हुन योग्य छ, बाँकी दुई जनाको स्पष्टीकरण सकारात्मक कोणबाट आओस् भन्ने चाहन्छु,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक विशाल भट्टराईले सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै भने। 

    ओलीले फागुन २८ गते बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठकको निर्णयबाट पछाडि हट्न नसक्ने पनि बताए। बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेताहरु घनश्याम भुसाल, योगेश भट्टराईलगायतले सर्वोच्च अदालतको एमाले र माओवादी केन्द्र ब्युँत्याउने फैसलापछि संगठन २०७५ जेठ २ गतेको अवस्थामा पुगेको भन्दै त्यसपछिका निर्णय खारेज गर्नुपर्ने बताएपछि ओलीले सम्पूर्ण निर्णय विधिसम्मत भएकाले पछाडि हट्न नसकिने बताएको भट्टराईले जानकारी दिए। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend